Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

कक्षा १२ को नयाँ रुटिन १५ दिने सूचना दिएर सार्वजनिक गरिने

आइतबार, २४ साउन २०७८

भक्तपुर - परीक्षा आउन ८ दिन अघि स्थगित गरिएको कक्षा १२ को परीक्षाको नयाँ समय तालिका (रुटिन) १५ दिने सूचना दिएर सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आगामी ३१ गते देखि हुने परीक्षा शनिबार बसेको बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको थियो । 

महामारी संक्रमणको स्थितिलाई मूल्याँकन कम्तिमा १५ दिनको सूचना दिएर नयाँ तालिका सार्वजनिक गर्ने भन्दै बोर्डले तोकिएको समयमा परीक्षा सञ्चालन गर्न नसकेकोमा दुख व्यक्त गरेको छ । यस अघि बोर्डले निर्धारित समयमै परीक्षा हुने दावी गर्दै आएको थियो । 

कक्षा १२ को परीक्षा निर्धारित समयमै, हल्लाको पछि नलाग्न आग्रह

तर शनिबार विदाको दिनमा अकस्मात बैठक बसेर बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाईरस कोभिड १९ संक्रमणको कारण देखाउँदै बोर्डले अन्तिम समयमा परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाट प्राप्त पत्रका आधारमा परीक्षा स्थगित गर्ने कोरोना भाईरस कोभिड १९ संक्रमणको कारण देखाउँदै बोर्डले अन्तिम समयमा परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कक्षा १० को अन्तिममा लिईने परीक्षाको नतिजा पनि शनिबारनै सार्वजनिक 

यसैबिच बोर्डले कक्षा १० को अन्तिममा लिईने परीक्षा माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा पनि शनिबारनै सार्वजनिक गरेको छ । गत जेठ १३ बाट सञ्चालन हुने एसईई परीक्षा कोभिड संक्रमणको दोस्रो लहरका कारण वैशाख २७ गते स्थगित गरेर गत बर्ष जस्तै आन्तरिक मूल्याँकनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरिएको थियो । यसका लागि गत जेठ १७ मा बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफलको कार्य गर्न स्वीकृति दिएको थियो ।

आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएकाले पुनर्योग, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पूरक परीक्षा सञ्चालन नहुने बोर्डले जनाएको छ । परीक्षाफलमा कुनै त्रुटि भए सम्बन्धित विद्यालयको सिफारिस सहित ३५ दिन भित्र सम्बन्धित इकाइमा निवेदन दिनुपर्ने व्यवस्था छ । 

गतबर्ष जस्तै विद्यालयहरूले यसपटक पनि मनलाग्दि अँक दिएको भन्दै आलोचना भईरहेको छ । यसबर्ष परीक्षामा सहभागि चार लाख ८४ हजार दई सय ७८ जना मध्ये  ८ हजार ४ सय ४४ जनाले ४ जीपीए ल्याएका छन् । पोहोर चार लाख ७२ हजार ७८ विद्यार्थी सहभागी भएकामा ९ हजार ३ सय १९ जनाले ४ जीपीए ल्याएका थिए । आन्तरिक मूल्याँकनका आधारमा नतिजा सार्वजनिक गर्नु अघि  पछिल्लो पटक २०७५ मा बोर्डले लिएको पीक्षामा एक सय ६ र २०७४ मा जम्मा ७४ जनाले मात्रै ४ जीपीए पाएका थिए ।

नम्बर दिदाँ विद्यालयले अस्वभाविक रुपमा दिए पछि यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न बोर्डले यसपटक कार्यविधिमा कडाइ गरेको भए पनि नतिजामा कुनै सुधार हुन नसकेको भन्दै आलोचना भईरहेको छ । अस्वभाविक नम्बर दिनेमा निजी विद्यालयहरु धेरै छन् । परीक्षाको नतिजाको विस्तृत विवरण सार्वजनिक नगरेको भन्दै सरोकावालाहरुले बोर्डको पनि आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया