Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

कक्षा १२ सकेका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक मेला

शुक्रबार, १७ असार २०७९

काठमाडौं - कक्षा १२ सकेर स्नातक तह अध्ययन गर्न तयार भएका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा बृहत शैक्षिक मेला शुरु भएको छ । बिहीबारदेखि शुरु भएको दुई दिने मेलामा भारतका विभिन्न ४० भन्दा धेरै विश्वविद्यालयहरुका प्रतिनिधिहरुको सहभागिता छ । ‘स्टडी इन इण्डिया एक्स्पो’ शिर्षकमा शुरु मेलामा विश्वविद्यालयका पदाधिकारीहरूसँग विद्यार्थीले प्रत्यक्ष कुराकानी गरी सम्बन्धित विश्वविद्यालयहरूको शैक्षिक कार्यक्रमबारे बिस्तृत जानकारी हासिल गर्न सक्ने आयोजकको दावी छ ।  

अफेयर्स नेपाल प्रालिको आयोजनामा होटल र्‍याडिसनमा जारी मेलाबाट विद्यार्थी र अभिभावकले कुन विषय अध्ययन गर्ने भन्ने द्विविधा मेटाउन सक्ने आयोजकको दावी छ । मेलामा दुई सय भन्दा बढी कोर्षहरूका बारेमा प्रत्यक्ष जानकारी लिन सकिने आयोजक संस्थाका प्रवन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए । नयाँ पाठ्याक्रम, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थीले बिस्तृत जानकारी पाउने उनले बताए । तीन हजार विद्यार्थीले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा छ । 

यस अघि बुटवल, बीरगञ्ज र बिराटनगरमा यस्तै मेला आयोजना गरिएको थियो । त्यहाँ पनि विद्यार्थी र अभिभावकको उल्लेख्य सहभागिता भएको थियो । 

 

प्रतिक्रिया