काठमाडौं - सामुदायिक विद्यालयका शिक्षकका नेताहरु संसदीय समितिको ढोकामा लर्को लागेका छन् । शिक्षा विधेयकमा आफ्ना विषयमा सांसदहरुलाई दवाव दिन शिक्षक नेताहरु संसदीय समितिको ढोकैमा पुगेका हुन् । प्रतिनिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा जारी शिक्षा विधेयक माथिको छलफलमा आईतबार शिक्षकका विषयमा छलफल हुँदै छ ।
समितिको ढोकामा पुगेका शिक्षक नेताहरुले पूर्व शिक्षामन्त्री विद्या भट्टराईलाई आफ्ना कुरा सुनाउन प्रयास गरे पनि भट्टराईले वास्ता गरिनन् । गत चैत बैशाखमा शिक्षक महासंघले गरेको सडक प्रर्दशनका बेला आफूसँग वार्ता नगर्ने भन्दै शिक्षक नेताहरुले वाईपास गरेका थिए ।
'त्यतिखेर पटक पटक आफूले वार्ताका लागि बोलाउँदा नआउने तर आज चाँहि कुरा गर्नु पर्ने ?' शिक्षक नेताहरुसँग अहिले कुरा गर्नुको औचित्य नभएको भन्दै भट्टराईले उनीहरुलाई ‘ईग्नोर’ गरी भित्र छिरिन् ।
शिक्षक नेताहरु भने बैठकमा भाग लिन आएका सांसदहरुसँग एक एक गर्दै कानेखुसी गर्दै छन् ।
प्रतिक्रिया