Edukhabar
आइतबार, १९ असोज २०८२
खबर/फिचर

शिक्षा पट्टीका कुरा अहिले बताउन चाहन्न : नवनियुक्त शिक्षा मन्त्री पुन

किताब बेच्दै गरेको मान्छेलाई मन्त्री बनाईदिए पछि अहिले नै यो गर्छु भन्ने कुरा नसोध्नुस् तपाईंहरु ।

सोमबार, ०६ असोज २०८२

काठमाडौं - नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले आफ्नो प्राथमिकता विज्ञान तर्फ हुने शिक्षा पट्टीका कुरा अहिले नबताउने प्रतिकृया दिएका छन् । सोमबार सपथ ग्रहण लगत्तै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिदैं मन्त्री पुनले आफू जान्ने भए पछि मात्रै बोल्ने बताए । 

'प्राथमिकता विज्ञान प्रविधि नवप्रवर्तन व्यवहारिक अनुसन्धान नै हो त्यहाँ त शिक्षा पनि जोडिएको छ शिक्षा पट्टी के गर्ने भन्ने कुरा अहिले बताउन चाहन्न' उनले भने । 

मन्त्री बन्ने प्रस्ताव आए पछि पनि उनले विज्ञानमा मात्रै रुची गरेका थिए । तर मन्त्रालय टुक्र्याउनु सान्दर्भिक नहुने तर्क पछि उनी शिक्षा मन्त्रालय सम्हाल्न राजि भएका थिए । 

पढ्नुहोस् : विज्ञानमा मात्रै रुची गरेका पुन शिक्षा मन्त्री

के के छन् भन्ने कुरा आफू जान्ने भएर मात्रै बताउने उल्लेख गर्दै उनले विज्ञहरुको सल्लाह सुझाव माग्ने र त्यो अनुसार राम्रो सुझाव लिएर सके पछि छिटो छरितो काम गर्ने बताए । 

'के के गरिन्छ भन्ने कुरा अहिले भन्ने कुरा हैन म शिव जी अथवा भगवान भएको भए त्रिनेत्र लगाएर भन्ने थिएँ । अपरझट मन्त्री भईएको छ, अहिले नै यो यो गर्छु भन्ने प्लान बनाएर आएको भए राजनीतिमा काम गरेको अनुभव भएको भए यो गर्छु भन्ने हुने थियो' उनले भने 'किताब बेच्दै गरेको मान्छेलाई मन्त्री बनाईदिए पछि अहिले नै यो गर्छु भन्ने कुरा नसोध्नुस् तपाईंहरु ।'

मन्त्रालयमा गएर बुझे पछि बल्ल काम कसरी गर्ने भन्ने तय गर्ने उनले दोहार्याए ।  

प्रतिक्रिया