Edukhabar
मंगलबार, १६ भदौ २०८३
गतिविधि

बाढीको कहर : विद्यार्थी र शिक्षक गरी दुई सय धेरै बेपत्ता

रसुवाको उत्तरगया गाउँपालिका स्थित निलकण्ठ माध्यमिक विद्यालयका मात्रै दुई सय विद्यार्थी बेपत्ता

सोमबार, १५ भदौ २०८३

भक्तपुर - रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर विद्यार्थी र शिक्षक गरी दुई सय २९ जना बेपत्ता भएका छन् । गत बुधबार आएको बाढीले शैक्षिक क्षेत्रमा पारेको प्रभावबारे विवरण अद्यावधिक गरिरहेको शिक्षा विभागका अनुसार १७ जना विद्यार्थी र एक जना शिक्षकलाई बाढीले बगाएको छ । बेपत्ता मध्ये एक जनाको विस्तृत विवरण संकलन हुन नसकेको विभागले जनाएको छ । 

जस अनुसार सबै भन्दा धेरै रसुवाको उत्तरगया गाउँपालिका स्थित निलकण्ठ माध्यमिक विद्यालयका मात्रै दुई सय विद्यार्थी बेपत्ता छन् । यस्तै सबै भन्दा धेरै छ जना शिक्षक नेपाल राष्ट्रिय आधारभूत विद्यालयका बेपत्ता छन् । यो विद्यालयका कुनै पनि विद्यार्थी बाढीको चपेटामा नपरेको शिक्षा विभागले जनाएको छ । 

रसुवाकै कोमिश्यामे वाङ्फेल माध्यमिक विद्यालयका १६ विद्यार्थीलाई बाढीले बगाएको छ भने सोही विद्यालयका एक जना शिक्षकलाई पनि बाढीले बगाएको छ । 

रसुवाकै नव विजय माध्यमिक विद्यालयका दुई शिक्षक बेपत्ता छने भने विस्तृत विवरण संकलन हुन नसकेका एक जना यही विद्यालयका रहेको विभागले जनाएको छ ।

नुवाकोटको चण्डेश्वरी माध्यमिक विद्यालयका १२ विद्यार्थी बेपत्ता छन् भने एक जना विद्यार्थीलाई बाढीले बगाएको छ । धादिङका देउराली माध्यमिक विद्यालयका एक जना शिक्षक बेपत्ता छन् भने धादिङकै न्यू किबु बोर्डिङ् स्कुलका एक जना विद्यार्थी बेपत्ता छन् । धादिङकै पाल्पासेमरी भञ्ज्याङ् माध्यमिक विद्यालय र पशुपती माध्यमिक विद्यालयका एक एक जना शिक्षक बेपत्ता भएको विभागले जनाएको छ । 

विद्यालय शुरु हुने विहानको समयमा आएकाले धेरै विद्यार्थी र शिक्षक बाढीको चपेटामा परेका हुन् । 

बाढीका कारण बेपत्ताहरूको यकिन संख्या निर्धारण गर्न अझै कठिन

तीन जिल्लामा गरी १६ वटा विद्यालय बाढीको चपेटामा परेका छन् । रसुवाका तीनवटा सामुदायिक र एउटा निजी विद्यालय पूर्ण रुपमा क्षती भएको छ भने नुवाकोटका दुई वटा सामुदायिक र एउटा नीजि विद्यालय पूर्ण क्षती भएका छन् । नुवाकोटकै एउटा सामुदायिक विद्यालय र चार वटा निजी विद्यालय आँशिक क्षती भएको छ । धादिङको एक सामुदायिक विद्यालय पूर्ण रुपमा क्षती भएको छ भने दुई सामुदायिक विद्यालयमा बाढीले आँशिक क्षती पुर्याएको छ । एउटा नीजि विद्यालय आँशिक रुपमा क्षती भएको छ । 
विद्यार्थी, शिक्षक एवं शैक्षिक संस्थामा भएको क्षतीको थप विवरण पहिचान र प्रमाणीकरण कार्य जारी रहेको विभागले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ताहरूको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताएको छ । स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, प्रहरी, सेना, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजना लगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ । 

हालसम्म नौ सय तीन जनाको शव फेला परेको र १० हजार बढीको उद्धार गरिएको सरकारले जनाएको छ । भने अहिले सम्म दुई सय ६७ जना घाईतेहरू उपचारपछि घर फर्किएका छन् । सम्पर्क विहीनहरूको खोजीका लागि २० हजार आठ सय १९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढी गए लगत्तै देखि सरकारले प्रभावित क्षेत्रबाट पीडितहरुको उद्धारलाई तीव्र पारेको प्रधानमन्त्री बालेन्द्र शाहले जनाएका छन् । प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिबीच पनि हवाई र स्थलमार्ग मार्फत उद्धार कार्य जारी राखेको जनाउँदै प्रधानमन्त्री शाहले घाइतेहरूलाई उद्धार गरी उपचार गर्ने कोशिस जारी रहेको बताएका छन् । सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरिएको कोषको ९ वटा वाणिज्य बैंकका खाताहरूमा झण्डै साढे पाँच अर्ब रुपैयाँ जम्मा भएको प्रधानमन्त्रीले सार्वजनिक गरेका छन् । विदेश लक्षित खाता रहेको हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख दुई सय ३२ अमेरिकी डलर जम्मा भएको सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले संकलित रकम कसरी प्रभावकारी रूपमा खर्च गर्ने भन्नेबारे छलफल गरिरहेको बताएका छन् ।

नेपालले भोगिरहेको विपद्को यो संकटमा मित्र राष्ट्रहरुले पनि सहयोग तिब्र पारेका छन् । भारत र चीनबाट उद्धारका सामग्रीसहित राहत सामग्री उपलब्ध भएको छ । नेपाल सरकारले प्रभावित क्षेत्रका विभिन्न सुरक्षित स्थानमा राहत पुर्याइसकेको प्रधानमन्त्री शाहले जनाएका छन् ।

फोटोमा समेटिएको बाढी : एआई

प्रतिक्रिया