भक्तपुर - शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमिक तहको सवै विषयको पाठ्यक्रम परिमार्जन गरेको छ । पाठ्यक्रम परिमार्जन संगै शिक्षक आयोग खोल्ने बाटो खुलेको छ ।
'पाठ्यक्रम परिमार्जन नभई आयोग खोल्नु सान्दर्भिक थिएन, त्यसैले हामी त्यही काममा व्यस्त थियौं अव यो काम सकिएको छ एक हप्ता भित्रै आयोग खोल्ने गरी काम गरिरहेका छौं' आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले भने, 'आयोग खोल्ने सबै प्रकृया पुरा भईसकेको छ, सूचना निकाल्ने काम मात्रै बाँकी हो अव हामी चाँडैनै सूचना सार्वजनिक गर्छौ ।'
यस पटक माध्यमिक तह तर्फ ६ सय ११ दरबन्दीका लागि आयोग खुलाउने तयारी छ । शिक्षा विभागले आयोगलाई उक्त संख्या उपलब्ध गराएको आधारमा यो तयारी गरिएको पौडेलले बताए ।
१७ बर्ष पछि गत * २०६९ सालमा १३ हजार शिक्षकका लागि आयोग खुलेको थियो । त्यसपछि गत बर्ष ३२ सय शिक्षकका लागि आयोग खुलेको थियो ।
माविको पाठ्यक्रम परिमार्जन
समय सापेक्ष रुपमा पाठ्यक्रम परिमार्जन गरिएको पौडेलले बताए । 'दश बर्ष अधिको पुरानो कोर्षले अहिलेको समयलाई सम्बाधेन गर्न नसक्ने भएकाले युग सुहाउँदो हिसावले परिमार्जन गरिएको छ' उनले भने, 'यो परिमार्जन संगै योग्य शिक्षक छनौट हुने आधार बलियो बनेको छ ।'
आफूहरुले २ सय पूर्णाङ्ककै पाठ्यक्रम बनाउने तयारी गरे पनि नियमावलीमै परिवर्तन गर्नु पर्ने भएकोले यस पटकलाई सय पूर्णाङ्कमै परिमार्जन गरिएको उनले बताए ।
परिमार्जन गरिएको माध्यमिक तहको पाठ्यक्रम तीन वटा खण्डमा बाँडिएको छ । खण्ड क मा माध्यमिक पाठ्यक्रम शिक्षण विधि र प्रविधि रहेको छ । यसैगरी खण्ड ख मा सम्बन्धित विषयको विषयबस्तु सम्बन्धि ज्ञानलाई राखिएको छ । परिमार्जित पाठ्यक्रममा शिक्षा सम्बन्धि आधारभूत ज्ञानका बारेमा बस्तुगत प्रश्न समेटिएको छ ।
खण्ड क मा एउटा लामो र ६ वटा प्रश्न छोटो गरी ७ प्रश्न समेटिएको छ । यसका लागि ४० नम्बर छुट्याईएको छ ।
खण्ड ख का लागि छुट्याईएको ४० नम्बरका लागि ६ प्रश्न सोधिने छ । जसमा एउटा लामो र ५ वटा छोटो प्रश्न हुने छ । बाँकी २० नम्बर बस्तुगत प्रश्नका लागि छुट्याईएको छ ।
परिमार्जन गरिएको पाठ्यक्रम पढ्नलाई यहाँ क्लिक गर्नुहोस् : http://tsc.gov.np/site/listnews/pagedata/20
* मितिमा अन्यथा भएकोले सच्याईएको / भुलबस भएको त्रुटि औंल्याउने प्रतिकृयाका लागि पाठकलाई धन्यवाद - सं.
प्रकाशित मिति २०७२ फागुन २८ गते
Open the teacher license first
pahila lisence khulaunu paryo
Dear government pathyakram ma computer book rakhera darbandi chain.......... prabidhi padne jati sabai bides nai januparne
dear Government new generation new books new caricula thing