Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षा नियमावली पारित गर्नु अघि सार्वजनिक गर्ने तयारी (नयाँ ड्राफ्ट सहित)

मंगलबार, ३० कार्तिक २०७३

काठमाडौं - पहिलो मस्यौदा माथि छलफल गरेको एक महिना सम्म पनि शिक्षा मन्त्रालयले नियमावलीलाई अन्तिम रुप दिन सकेको छैन । गत कात्तिक २ गते पहिलो मस्यौदामा भएको छलफल पछि मन्त्रालयले पटक पटक आन्तरिक र सरोकारवालाहरु बिच छलफल गरिसकेको छ ।

उक्त छलफलमा सरोकारवालाले आआफ्ना क्षेत्रका धेरै विषय छुटेको र स्पष्ट पार्न आवश्यक रहेको कुरा उठाएपनि नयाँ ड्राफ्टमा खासै परिवर्तन गरिएको छैन । उक्त ड्राफ्टलाई मन्त्रालयको वेभसाईट मार्फत् सार्वजनिक गर्ने तयारी रहेको श्रोतले जनाएको छ ।

पढ्नुहोस् नियमावलीको उक्त ड्राफ्ट :

'एक हप्ता सम्म वेभसाईटमा राख्ने तयारी छ' श्रोतले भन्यो 'त्यस विचमा सम्बन्धित सरोकारवालाहरुले थप राय सुझावदिने अपेक्षा गरिएको हो ।'

अर्थ र कानून मन्त्रालयबाट स्विकृती प्राप्त भएपछि मन्त्रीपरिषद्बाट नियमावली पारित गर्नु पर्ने ब्यवस्था छ ।

शिक्षा ऐन लागू भएको चार महिना वितिसक्दा पनि मन्त्रालयले नियमावली जारी गर्न सकेको छैन । अहिले फेरी संसदीय समितिमा छलफल गर्ने मन्त्रालयको तयारी छ ।  ब्यवस्थापिका संसद महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा छलफल गर्ने मन्त्री धनिराम पौडेलले तयारी गरेका हुन् । नियमावली निर्माणका लागि संसदीय समितिमा लैजानु आवश्यक छैन ।

समितिकी सभापति रञ्जु झा समितिमा छलफल गर्न पाए हुन्थ्यो भन्ने मन्त्रीको मनशाय भएकोले छलफल गर्न लागिएको बताउँछिन् । 'म अहिले जिल्ला तिर छु मन्त्री जीले छलफल गरौं भन्नु भएकोले समिति अन्र्तगतको शिक्षा उपसमितिको बैठकमा छलफल गर्ने तयारी गरिएको हो ।'

उपसमितिका अध्यक्ष गणेशमान गुरुङ् मन्त्रीले बसेर छलफल गरौं न भनेकाले छलफल गर्न लागिएको बताउँछन् ।

'अब त नियमावली आउला भन्यो कहिले संसदीय समिति र वेभसाईट मार्फत्  सार्वजनिकिकरण भन्दै झिना मसिना कुरामा मन्त्रालय अल्झियो' मन्त्रालय श्रोतले गुनासो गर्दै भन्यो 'नियमावली स्विकृतीका लागि अर्थ र कानून मन्त्रालय लैजान छाडेर संसदीय समितिमा लैजानुको अर्थ बुझिएन ।'

यो पनि पढ्नुहोस् : शिक्षा नियमावली संसदीय समितिमा लगिने

प्रतिक्रिया