काठमाडौं १५ असार / कालिकोट जिल्लाको सन्नित्रिवेणी गाउँपालिकाको वडा नं. ५ मा रहेको कालिका पञ्चकोट माविमा विगत सात वर्षदेखि विद्यार्थीको नाममा आएको खाजाभत्ता, छात्रवृत्तिलगायतको रकममा हिनामिना भएको भेटिएको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिले उक्त रहस्य बाहिर ल्याएका छन् ।
सन्नित्रिवेणी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष नरेश बमको नेतृत्वको टोलीले विगत ७ वर्षदेखि विद्यालयमा आउने गरेको विद्यार्थीको खाजा भत्ता र छात्रवृत्ति रकममा दुरुपयोग दुरुपयोग भएको बताएको छ । २०६७ साल यता विद्यालयमा जाने विद्यार्थीले पाउने कुनै पनि शीर्षकको रकम विद्यार्थीको हातमा पुगेको छैन ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया