Edukhabar
शनिबार, ०७ भदौ २०८२
अन्तैवाट

अबैध विद्यालय पुनः सञ्चालन

शुक्रबार, २३ असार २०७४
काठमाडौं २३ असार/ केही दिन अघि जिल्ला शिक्षा कार्यालय सिरहाले नै बन्द गरेका अवैध निजी विद्यालय सञ्चालकहरले पुनः खोल्न थालेका छन् । जिशिकामा दर्ता नै नगरी विद्यार्थी भर्ना र सञ्चालन गरिरहेका यहाँका ३८ वटा अवैध निजी विद्यालयहरुलाई जिशिकाले खटाएको ६ वटा टोलीले गत असार ११ गतेदेखि बन्द गरेको थियो । तर बन्द गरिएका ती विद्यालयहरु अनुमतिबिनै पुनः सञ्चालनमा आइरहेका छन् । टोलीले बन्द गरेका विद्यालयले अहिले खुलम्खुला भर्ना भएका विद्यार्थीको पहिलो त्रैमासिक परीक्षा लिइरहेका छन् । गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया