Edukhabar
शनिबार, ०७ भदौ २०८२
अन्तैवाट

आंशिक प्राध्यापक धर्नामा

विहीबार, २९ असार २०७४

काठमाडौं २९ असार/ त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले आफूहरुको सेवा कररा हुनुपर्ने माग गर्दै एकसातादेखि विश्वविद्यालयका उपकूलपति तिर्थ खनियाँ, रेक्टर सुधा त्रिपाठी र रजिष्ट्रार डिल्लीराम उप्रेतीलाई कायकक्षमै पस्न दिएका छैनन् ।

दैनिक बिहान १० बजेदेदि दिउँसो १ बजेसम्म आंशिक प्राध्यापकहरु समूह विभाजन गरी तीनै जना पदाधिकारीको कार्यकक्ष अगाडि धर्ना बसिरहेका छन् । आफूहरुले लामो समयदेखि विश्वविद्यालयका विभिन्न आंगिक, कलेजहरुमा पठनपाठन गराउँदै आएको तर हालसम्म विश्वविद्यालयले करार प्रक्रियाको समेत वातावरण नबनाएकोले आन्दोलन गर्नुपरेको नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले बताए ।

नागरिक दैनिकमा प्रकाशित खबर ।

 

प्रतिक्रिया