काठमाडौं २९ असार / डोल्पाका दुई क्याम्पसमा स्नातक दोस्रो वर्षका प्रश्नपत्र ७ विषयको परीक्षा सकिएपछि मात्र आइपुगेका छन् । परीक्षा नियन्त्रण कार्यालयले समयमै प्रश्नपत्र नपठाएपछि ७ विषयका प्रश्नपत्र इमेलबाट मगाएर परीक्षा सञ्चालन गरिएको थियो ।
डोल्पो क्याम्पस प्रमुख धनञ्जय सुवेदीले परीक्षा सञ्चालन भइसकेपछि मात्र प्रश्नपत्र प्राप्त भएको बताए । उनका अनुसार असार २३ र २६ गते परीक्षा नियन्त्रण कार्यालयलाई जिल्ला प्रहरी कार्यालयको इमेलमा प्रश्नपत्र पठाउन लगाएर परीक्षा सञ्चालन गरिएको थियो । उनका अनुसार ती प्रश्नपत्र मंगलबार मात्रै जिल्ला पुगेका हुन् ।
कान्तिपुरबाट ।
प्रतिक्रिया