काठमाडौं २ साउन
शशीकुमार शर्मा : सर, तपाइँको सिफारिशमा नियुक्ति पाएका उपकूलपतिले नै हामीलाई दुःख दिइरहेका छन् । लामो सयमयसम्म शान्तिपूर्ण आन्दोलन गर्दा पनि करार नियुक्ति दिन पहलै हुँदैन ।
शंशांक कोइराला: उपकूलपतिज्यू, एक साताभित्र तपाइँले आंशिक प्राध्यापकको समस्या समाधान गर्नुस् । प्राज्ञिक वर्गलाई धेरै दुःख नदिनुस् ।
तीर्थ खनिया: हामीले पहल गरिरहेकै छौं । विश्वविद्यायमा साढे चार सयमात्र रिक्त दरबन्दी छ । राज्यले आठ सयजति थपिदिए समस्या समाधान हुन्छ ।
यो संवाद हो, त्रिभुवन विश्वविद्यलयका उपकूलपति तीर्थ खनिया, नेपाल आंशिक प्रानध्यापक संघका अध्यक्ष शशीकुमार शर्मा र नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराराबीचको ।
श्रम शोषणको अन्त्य र करारमा नियुक्तिको माग राखी पछिल्लो चरणमा तीन महिनादेखि आन्दोलन गर्दै आएका आंशिक प्राध्यापकले माग सुनुवाइ नभएपछि आइतबारबाटै त्रिविअन्तर्गतका सबै आंगिक क्याम्पसमा दुईदिने तालाबन्दी गरेका छन् ।
आंशिक प्राध्यापकले विश्वविद्यालयका ६० आंगिक क्याम्पस का प्रमुखको कक्ष र लेखा शाखामा तालाबन्दी गरेका हुन् ।
नागरिकमा प्रकाशित खबर ।
प्रतिक्रिया