Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

राहत शिक्षक आन्दोलनमा उत्रिने चेतावनी

मंगलबार, १० साउन २०७४

काठमाडौं १० साउन /डो ल्पाका राहत दरबन्दीका शिक्षकहरुले दुर्गम र पोशाक भत्ता नदिए देशभरका राहत शिक्षक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।  आइतबार जिल्ला भेला गरेर राहत शिक्षकहरुले आ–आफ्नै पीडा र गुनासाहरु आफु–आफु बिचमा व्यक्त गरे ।

कर्णाली अञ्चलको डोल्पा र हुम्लामा क श्रेणीका दुर्गम जिल्लामा पर्दछन् । उक्त जिल्लाहरु अहिलेसम्म पनि राष्ट्रिय सडक संञ्जालमा जोडिन सकेका छैनन् ।यहाँ कार्यरत राहत शिक्षकहरुकहरुलाई तुलनात्मक रुपमा अन्य जिल्लाका राहत शिक्षहरु भन्दा धेरै पिडाभएको राहत शिक्षक भिम थापाले बताए ।

एक सय पचास जनाको हाराहारीमा राहत राहत शिक्षकहरुले पीडा लुकाउँदै पनि शिक्षाको ज्योति छर्ने काम निरन्तर गरिरहेको थापाको भनाई छ ।डोल्पामा मात्रै प्राथमिक विद्यालयमा सत्र जना,निम्न माध्यामिक विद्यालयमा अठार जना,माध्यामिक विद्यालयमा चौध जना, उच्च माध्यामिक विद्यालयमा तेह्रजना गरेर जम्मा ६२ जना राहत शिक्षहरु कार्यरत रहेका छन् ।

नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया