काठमाडौं १७ साउन/ बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–३ श्रीकोट कलौनका विद्यार्थीहरु वर्षात् सुरु हुनासाथ विद्यालय छोड्न बाध्य छन् । बाटामा पर्ने बगडीगाड खोलामा पुल नहुँदा हरेक वर्ष विद्यार्थीहरु वर्षाको समयमा विद्यालय जान पाउँदैनन् ।
खोलामा पुल नहुँदा विद्यार्थीहरु विद्यालय जान नपाएको स्थानीय सन्तोषी भट्टले बताइन् । हरेक वर्ष वर्षातको समयमा खोलामा बाढी आउँदा विद्यालय जानबाट नपाएको विद्यार्थी सुन्दरी गिरीले बताए । खोलामा बाढी आएको दिन बालबालिकालाई विद्यालय पठाउन नसकिने स्थानीय गजबहादुर गोयलाले गुनासो गरे ।
बगडीगाड खोलामा पुल निर्माणका लागि धेरैपटक स्थानीयले आश्वासन पाएपनि सो आश्वासन हालसम्म पूरा भएको छैन । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जितेकाहरुले पनि सो खोलामा पुल बनाउने प्रतिबद्धता जनाएका छन्, अभिभावक हेमराज गिरीले सुनाए ।
राजधानीमा प्रकाशित खबर ।
प्रतिक्रिया