काठमाडौं १७ साउन / त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँले आंशिक प्राध्यापकका समस्या समाधान गर्न तथ्यांक संकलन गरिरहेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा बौद्धिक शोषणको अन्त्य र तत्काल करारको माग गर्दै आन्दोलनरत नेपाल आंशिक प्राध्याकप संघ सात दिनदेखि त्रिवि उपकुलपतिको कार्यालय अगाडि रिले अनशनमा छन् ।
उपकुलपति खनियाँले आंशिक प्राध्यापकलाई निश्चित कार्यविधि बनाएर व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया