Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

विश्वविद्यालय कार्यकर्ता भर्तीकेन्द्र

विहीबार, १९ साउन २०७४

काठमाडौं १९ साउन / स्थापनादेखि नै राजनीतिक खिचातानी व्यहोर्दै आएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकर्ता भर्तीकेन्द्र बन्दै गएपछि बन्द हड्तालका आन्दोलनले दिन प्रतिदिन अस्तव्यस्त बन्दै गएको छ ।

सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षाका लागि स्थापना भएको यो शैक्षिक संस्थामा अध्ययन अध्यापन भन्दा पनि राजनीतिक दाउपेच चल्ने क्रिडास्थल बनाइँदा सुधारका लागि विद्यार्थीले विभिन्न माग राख्ने गरेका भए पनि सुनुवाई गर्ने प्रवृत्ति नुहँदा विद्यार्थीका माग अलपत्र पर्छन् ।

अनि सुरु हुन्छ, राजीनामा माग्दै बन्द, हड्ताललगायतका आन्दोलन जसले दशकौंसम्म अस्तव्यस्त पारेको छ  । सोही विषयमा विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनले आन्दोलन गरिरहेको छ ।
गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया