Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

अर्थको निर्णय कुर्दै शिक्षा मन्त्रालय

आइतबार, २२ साउन २०७४

काठमाडौं २२ साउन / परीक्षामा अनुत्तीर्ण हुने शिक्षकलाई पनि सुविधा दिने गरी ऐन संसोधन गर्ने प्रस्तावमा शिक्षा मन्त्रालय अर्थ मन्त्रालयको सहमति कुरिरहेको छ ।

शिक्षाले असार पहिलो साता अनशन बसेका अस्थायी शिक्षकसँग अनुत्तीर्ण भए पनि सुविधा दिने गरी शिक्षा ऐन संसोधन गर्ने भनी सम्झौता गरेको थियो । उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै बुधबारदेखि दुई अस्थायी शिक्षक फेरि अनशन बसेका छन् ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षकलाई आइतबारसम्म अर्थबाट ऐन परिवर्तन गर्न सहमति ल्याइसक्ने आश्वासन दिएको आन्दोलनकारी एक शिक्षकले बताए ।

कान्तिपुरमा प्रकाशित खबर ।

 

प्रतिक्रिया