Edukhabar
आइतबार, १७ साउन २०८३
अन्तैवाट

नौ विद्यार्थीको साथी सँधै

आइतबार, २२ साउन २०७४

काठमाडौं २२ साउन/त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत नौ विद्यार्थील्े साथी सँधै शीर्षक एल्बमसहित श्रोतोमाझ आएका छन् ।

गत शुक्रबार त्रिभुवा विश्वविद्यालय ललितकला केन्द्रीय विभागमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति तथा संगीतकार शम्भुजीत बाँस्कोटा र मानविकी तथा समाजिक शास्त्र संकायका डीन प्रा.डा. शिबलाल भुसाल लगायतले एल्बम सार्वजनिक गरे ।

ललितकला केन्द्रीय विभागबाट स्नातकोत्तर गरेका तथा गरिरहेका विद्यार्थीको एल्बममा प्रितको कुरा, छल्किएर बग्ने आँशु, त्यो लोभी नजर, कसरी हाँस्न, सम्हाल्न खोज्नु, झरेर गैगो, देखेर नि, नलुकाइ मनका कुरा गीत छन् । गीतमा बेनुका राई, सुरेन्द्र श्रेष्ठ, रोशन अनुराग राई, भुपु पाण्डे, शर्मिला गिरी, उर्मिला गुरुङ, प्रकाश गुरुङ, रुपकमल क्षेत्री, गोकुल लिम्बु, भागीरथ दाहाल, गंगा लामा, अञ्जु श्रेष्ठ, जितेन्द्र चौधरी, विष्णुबहादुर सिँह, नरेन्द्र वियोगी, दिपेश सिंह, रुपमसिंह गुरुङको शब्द, संगीत र श्वर छ ।

नागरिकमा प्रकाशित खबर ।

 

प्रतिक्रिया