Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

विद्यालयको छाना उडाएपछि समस्या

मंगलबार, २४ साउन २०७४

काठमाडौं २४ साउन / खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेको कुलाभञ्ज्याङस्थित शिवथान प्राविको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ ।

गत चैत १९ गते आएको हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या भएको हो । छाना उडाएपछि बहुकक्षा शिक्षणको माध्यमबाट पाल टाँगेर कक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापक प्रकाश फुयाँलले बताउनुभयो । “वर्षात्को समय भएकाले दैनिकजसो पानी पर्दा ठूलो समस्या सिर्जना भएको छ ।” उहाँले भन्नुभयो, “मर्मतका लागि विद्यालयमा आर्थिक स्रोत नभएपछि बाध्य भएर पालमुनि पठनपाठन गरिरहेका छौँ ।”

विद्यालय मर्मतका लागि जिल्ला शिक्षा कार्यालय खोटाङबाट रु २५ हजार रकम आएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । गत २०७२ सालमा गएको भूकम्पले समेत सो विद्यालयलाई क्षति पु¥याएको थियो ।भूकम्पले क्षति पु¥याएपछि सामान्य मर्मत गरेर पठनपाठन सञ्चालन गर्दै आएको विद्यालयको छाना हावाले उडाएपछि थप समस्या भएको छ । कक्षा पाँचसम्म पढाइ हुने विद्यालयमा ६२ जना विद्यार्थी अध्ययनरत छन् ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया