Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

अस्थायी शिक्षकलाई फेल भए पनि सुविधा

बुधबार, २५ साउन २०७४

काठमाडौं २५ साउन / शिक्षक सेवा आयोगले लिने अस्थायी शिक्षकको आन्तरिक परीक्षामा फेल हुनेलाई पनि सुविधा दिन अर्थ मन्त्रालय सहमत भएको छ । शिक्षा मन्त्रालयले पठाएको अघिल्लो प्रस्तावमा असहमति जनाएको अर्थले पछिल्लो पत्रमा भने सहमति जनाएको हो । शिक्षाले साउन १६ मा अस्थायी शिक्षकको माग पूरा गर्न ऐन संशोधनका लागि अर्थसँग सहमति मागेको थियो । सोमबार अर्थले मन्त्रीस्तरीय निर्णय गरी असफल हुने शिक्षकलाई पनि सुविधा दिने प्रस्तावमा सहमति जनाएको हो ।

सहमतिअनुसार शिक्षा ऐन संशोधन भए अस्थायी शिक्षकले कार्यरत अवधिका आधारमा परीक्षामा अनुत्तीर्ण भए पनि सुविधा पाउने छन् । स्थायी शिक्षकसरह औषधि उपचारबापत रकम सुविधा दिन भने अर्थले अस्वीकार गरेको छ । गत वर्ष संशोधित शिक्षा ऐनमा बढीमा २० वर्षसम्म काम गरेकालाई बढीमा ३० महिनासम्मको सुविधा दिने व्यवस्था छ । फेल भए पनि सुविधा दिनुपर्ने माग राखेर एक सातादेखि दुई जना अस्थायी शिक्षक भृकुटीमण्डपमा अनशनरत छन् ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया