Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

परीक्षा छोडेर आन्दोलनमा

बुधबार, २५ साउन २०७४

काठमाडौं २५ साउन / शिक्षा क्षेत्रमा सुधार गर्नेभन्दा क्षणिक स्वार्थ पूरा गर्न सहमति हुने गरेकाले समग्र शिक्षा क्षेत्र अस्तव्यस्त बन्दै गएको सरोकारवालाले औंल्याएका छन् ।

यसको उदाहरण शिक्षा मन्त्रालय बनेको छ । शिक्षा मन्त्री गोपालमान श्रेष्ठले हाल यस्तै एक सहमति अस्थायी शिक्षकहरुसँग गरेका छन् ।

शिक्षक सेवा आयोगले गत असार २४ गते निश्चित गरेको १९ हजार २ सय ६५ स्थायी पदको परीक्षाका लागि अस्थायी शिक्षक एकाएक आन्दोलनमा उत्रिएका छन् । आखिर किन ? सो प्रश्नको जवाफमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारी भन्छन्,  परीक्षाको तयारीमा जुटेका अस्थायी शिक्षक काँग्रस पार्टी कार्यालयबाट फर्केपछि एकाएक आन्दोलनमा उत्रिएका हुन् ।

परीक्षाको तयारीमा जुटेका अस्थायी शिक्षकहरु पार्टी कार्यालय सानेपा पुगेर पार्टी सभापति, शिक्षामन्त्री र अन्य नेतासँग छलफल गरेको र त्यसपछि केही दिनमै परीक्षा तयारी छाडेर आन्दोलनमा उत्रेको उनको दाबी छ ।

नागरिकमा प्रकाशित खबर ।

प्रतिक्रिया