Edukhabar
आइतबार, १७ साउन २०८३
अन्तैवाट

दाङका ६० विद्यालयमा कम्प्युटर शिक्षा

विहीबार, २६ साउन २०७४

काठमाडौं २६ साउन / विज्ञान र प्रविधिको युग मानिने २१ औं शताब्दीमा कम्प्युटरका बारेमा सामान्य ज्ञान हुनु कुनै नौलो कुरा होइन तर न्यून स्तर भएका दाङका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि भने यो नौलो विषय हो ।

निम्न आयस्तर भएका अधिकांश विद्यार्थीले अध्ययन गर्ने जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीका लागि कम्प्युटर शिक्षा अझै पर्याप्त हुन सकिरहेको छैन । मुलकुभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गर्ने सरकारी नीति भए पनि उर्जाको अभाव देखाउँदै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन नहुँदा विद्यार्थीका लागि कम्प्युटर शिक्षा नौलो विषय सावित भैरहेको छ ।

यसैबीच जिल्लाको उरहरीस्थत अमर माविले कम्प्युटर शिक्षा लागू गरेपछि विद्यार्थि हर्षित भएका छन् । यो त उदाहरण मात्र हो । जिल्लाका ६० सामुदायिक विद्यालयका विद्यार्थीले विद्यालयमै कम्प्युटर सिक्न पाएका छन् ।

गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया