काठमाडौं ६ भदौ / विशेष शिक्षक लाइसेन्स शिक्षा मन्त्रालयले विशेष शिक्षा पढेकालाई ‘विशेष शिक्षक लाइसेन्स’ दिने भएको छ ।
त्यसनिम्ति शिक्षक सेवा आयोगबाट विशेष शिक्षक अध्यापन अनुमतिपत्रको व्यवस्था गराइने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जनाएका छन् । ‘संविधानले अपांगता भएका नागरिकको शिक्षालाई राज्यको दायित्वअन्तर्गत सुनिश्चित गरेको छ,’ मन्त्रालयका सहसचिव अर्यालले भने, ‘त्यसैले अपांगता भएकाहरूलाई पढाउने जनशक्ति उत्पादन गर्ने उद्देश्यअनुसार विश्वविद्यालय तहमा विशेष आवश्यकता शिक्षा विषय पढेकालाई ‘विशेष अध्यापन अनुमतिपत्र’ दिने गुरुयोजनामा समेटेका छौं ।’
हालसम्म विद्यालय तहका शिक्षकलाई शिक्षाशास्त्र पढेकाले अध्यापन अनुमतिपत्र ‘शिक्षक लाइसेन्स’ अनिवार्य गरेको छ । विशेष शिक्षा पढेकाको हकमा लाइसेन्समै ‘विशेष आवश्यकता शिक्षा’ उल्लेख गरेर लाइसेन्स दिइने छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया