काठमाडौं १३ भदौ / जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलमाथि भएको दुव्र्यवहारप्रति जिल्लाका कार्यालय प्रमुखहरूले खेद व्यक्त गरेका छन् । शिक्षा अधिकारी पौडेलमाथि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सम्बद्ध विद्यार्थीहरूले सोमबार बिहान कार्यकक्षमै मोसो दलेर दुव्र्यवहार गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको संयोजकत्वमा प्रशासनमै बसेको कार्यालय प्रमुखहरूको बैठकले दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै कर्मचारीको सुरक्षाबारे गम्भीर हुन आग्रह गर्यो । ‘दुव्र्यवहारप्रति खेद व्यक्त गरेका छौं,’ बैठकमा सहभागी एक कार्यालय प्रमुखले भने, ‘दोषीलाई तत्काल पक्राउ गरेर कानुनी कारबाही गर्नुपर्छ ।’
सोमबार बिहान करिब ८ बजेतिर स्रोतव्यक्तिसहित आयोजना गरिएको शिक्षासम्बन्धी बैठक सुरु हुनुअघि कार्यकक्षमै प्रवेश गरेका आधा दर्जन विद्यार्थीले एक्कासि जिशिअ पौडेलमाथि मोसो दलेका थिए ।
प्रतिकार गर्न खोजेका जिशिअ पौडेलको निधारमा गम्भीर चोट लागेको छ । उनको रोल्पा अस्पतालमा उपचार भएको छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया