काठमाडौं १६ भदौ / धादिङ सदरमुकामस्थित क्याम्पसचोकमा बिहीबार विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ ।
नीलकण्ठ बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत सुमन तामाङलाई उनकै सहपाठी स्यान्जेन तामाङले टाउमा खुकुरी प्रहार गरी सख्त घाइते बनाएका हुन् । जिल्लाको उत्तरी भेग दार्खाका स्यान्जेन सिरानबजार र सुमन पहरेचौतारामा बस्छन् । खुकुरी प्रहारबाट सुमनको टाउकोमा गहिरो चोट लागेको छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया