काठमाडौं २० भदौ / निर्वाचन आयोगले प्रदेश नं. २ का आठ जिल्लामा आगामी २ असोजमा हुने स्थानीय तह निर्वाचनको लागि पाँच दिन शैक्षिक संस्था बन्द गर्न सरकारसँग माग गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले तेस्रो चरणमा प्रदेश २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि सार्वजनिक एवं संस्थागत विद्यालय र क्याम्पसमा २९ भदौदेखि २ असोजसम्म पाँचदिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन माग गरेको हो ।
आयोगले निर्वाचनका दिन प्रदेश २ मा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन समेत सरकारसँग माग गरेको हो । निर्वाचन हुने सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटका सबै सरकारी तथा अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा २ असोजमा सार्वजनिक बिदा दिने व्यवस्था माग गरेको छ ।
राजधानीमा प्रकाशित खबर ।
प्रतिक्रिया