Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

उत्कृष्ट शिक्षक पुरस्कार पाण्डेलाई

बुधबार, २१ भदौ २०७४

काठमाडौं २१ भदौ / पीपी प्रसाईं फाउन्डेसनले यस वर्षको पीपी प्रसार्इं राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार दाङका दुर्गाप्रसाद पाण्डेलाई प्रदान गरेको छ ।

हवाई दुर्घटनामा निधन भएका प्रजापति प्रसार्इंको नाममा स्थापित पुरस्कार फाउन्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको छ । ५० हजारको पुरस्कार यस वर्ष दाङको पद्मोदय पब्लिक नमुना माविका शिक्षक पाण्डेलाई प्रदान गरिएको हो ।

प्रतिष्ठानले सात प्रदेशबाट पनि एक/एक उत्कृष्ट शिक्षक छनोट गरेको छ । प्रदेश १ बाट आदर्श मावि झापाका हेमकुमार खडका, प्रदेश ३ बाट नीलबाराही मावि कालिमाटीकी जानुका नेपाल, प्रदेश ४ बाट गलकोट मावि बाग्लुङका देवेन्द्रबहादुर खत्री, प्रदेश ५ बाट शंकर दुर्गादत्त मावि रूपन्देहीका चण्डीप्रसाद पाण्डेय, प्रदेश ६ बाट नेपाल राष्ट्रिय आधारभूत विद्यालय वीरेन्द्रनगर नगरपालिकाकी चन्द्रा भण्डारी र प्रदेश ७ बाट जनसेवा मावि बघौरा गणेशपुर कैलालीका गंगा भण्डारीलाई प्रदान गरिएको छ । प्रदेश २ बाट भने कुनै शिक्षक छनोटमा परेका छैनन् ।

प्रत्येक प्रदेशबाट उत्कृष्ट छानिएका शिक्षकले २५ हजार नगद र उनीहरू कार्यरत विद्यालयले १० हजार बराबरको शैक्षिक सामग्री प्राप्त गरेका छन् । प्रतिष्ठानले यस वर्ष पीपी प्रसाईं टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड पर्यटन व्यवसायी कर्ण शाक्यलाई प्रदान गरेको छ । 

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया