Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

उत्कृष्ट विद्यालयको पुरस्कार रोक्न अदालतको आदेश

विहीबार, २२ भदौ २०७४

काठमाडौं २२ भदौ/ शिक्षा मन्त्रालयले भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर कक्षा एघार र बाह्रको पढाइ हुने उत्कृष्ट संस्थागत विद्यालयलाई दिन लागेको पुरस्कार वितरण नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ।

उत्कृष्ट विद्यालय छनोट विधि व्यवहारिक र कानुन विपरित रहेको दाबीसहित परेको रिट निवेदनमाथि बहस गर्दै आदालतले तत्काल पुरस्कार वितरण नगर्न अन्तरिम आदेश दिएको हो। छनोट विधि व्यवहारिक नभएको भन्दै प्रसादी एकेडेमीको तर्फबाट विक्रम राईले रिट हालेका थिए।

अदालतको आदेशसंगै २३ गते वितरण गर्न लागिएको उक्त पुरस्कार रोकिएको छ। २७ गते रिट निवेदक र शिक्षा मन्त्रालयलाई दुवै पक्षलाई छलफलमा बोलाएको र त्यसपछि मात्र पुरस्कार वितरण गर्ने कि नगर्ने भन्ने निर्णय हुने राईको तर्फबट बहस गरेका अधिवक्तम शरद कोइरालाले बताए।

मन्त्रालयले कक्षा एघार र बाह्रको पढाइ सञ्चालन गरिएको केएमसी स्कुल बागबजारलाई माध्यमिक शिक्षा पुरस्कार (एघार र बाह्र) प्रदान गर्ने निर्णय गरेको थियो।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया