Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

शिक्षकसहित दुई बेपत्ता

शुक्रबार, २३ भदौ २०७४

काठमाडौं २३ भदौ / विद्यालय गएका नवलपरासी कावासोतीका एक शिक्षक एक सातादेखि बेपत्ता छन् । खोजीका लागि आफन्तले प्रशासनमा निवेदन दिएका छन् ।

कावासोतीका २६ वर्षीय रामप्रसाद चापागाईं बेपत्ता भएका हुन् । उनी विश्वज्योति आवासीय विद्यालयमा पढाउँथे । शुक्रबार विद्यालय बिदा भएदेखि उनको मोबाइल बन्द छ । छोरा आउने आशामा ६५ वर्षीय बुबा दुर्गाादत्त चापागार्इं बाटो हेरेर बसिरहेका छन् ।

खोजबिन गर्दा फेला नपारेपछि प्रहरीमा उजुरी दिएको उनले बताए । यस्तै बर्दघाट नगरपालिका–१६ केराघारीकी १२ वर्षीया अस्मिता गुरुङ पनि मंगलबारदेखि परिवारको सम्पर्कमा आएकी छैनन् । गंगा मावि गंगाबस्तीबाट साथीसँग पौडी खेल्न गएकोमा दुई जना घर फर्किए पनि ‘दाइको ससुराली सर्दी जान्छु’ भनेर हिँडेकी गुरुङ सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया