काठमाडौं २७ भदौ / दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाका लागि नवलपुरमा ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अभियान सुरु गरिएको छ ।
ट्राफिक प्रहरीको अग्रसरता र विभिन्न सामाजिक संघसंस्थाको पहलमा अभियान थालिएको हो । जिल्ला ट्राफिक कार्यालय कावासोतीका प्रमुख धर्मेन्द्र रावलका अनुसार ट्राफिक शिक्षकले विद्यालयमा गई ट्राफिक स्वयंसेवक उत्पादन गर्नेछन् । विद्यार्थी स्वयंसेवकले आफ्नो घर र समाजमा ट्राफिक सचेतनासम्बन्धी जानकारी गराउँदा प्रभावकारी हुने भएकाले अभियान थालिएको उनले जनाए ।
‘सवारी र जनसंख्याको अत्यधिक चापकै कारण जिल्लामा दिन प्रतिदिन दुर्घटना बढिरहेको छ,’ रावलले भने, ‘ट्राफिक एक्लैले दुर्घटना रोक्न नसक्ने भएकाले न्यूनीकरणका लागि शिक्षक र विद्यार्थीले सहयोग गर्नेछन् ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया