Edukhabar
मंगलबार, १० भदौ २०८२
अन्तैवाट

एमबीबीएस पढ्न ४८ लाख

बुधबार, ०४ असोज २०७४

काठमाडौं ४ असोज / काठमाडौं विश्वविद्यालय (केयू) ले ४७ लाख ९० हजार रुपैयाँसम्म लिन पाउने गरी एमबीबीएस अध्यापन शुल्कसीमा निर्धारण गरेको छ ।

सरकारले भने ०७३ मंसिर १९ मै उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँभन्दा बढी लिन नपाउने गरी शुल्कसीमा तोकेको थियो । गत वर्ष निर्धारित शुल्क दुई वर्ष लागू हुने व्यवस्था छ । केयूले कलेज सञ्चालककै सहमतिमा शुल्क निर्धारण गरेको जनाएको छ ।

विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका डिन राजेन्द्र कोजूका अनुसार काठमाडौंं उपत्यकामा ४३ लाख ९० हजार र उपत्यकाबाहिर ४७ लाख ९० हजारसम्म लिन पाउने गरी शुल्कसीमा कायम गरिएको हो । केयूका कलेजहरूलाई गत वर्ष बढीमा एक सय १५ विद्यार्थी भर्ना गर्न छुट थियो ।

यसपालिदेखि एक सयभन्दा बढी विद्यार्थी भर्ना लिन पाइँदैन । १५ सिट घट्दा प्रतिविद्यार्थी ५ लाख रुपैयाँ थपिएको विश्वविद्यालयले जनाएको छ ।

‘गत वर्ष एक सय १५ विद्यार्थी हुँदा जति शुल्क थियो, यसपालि एक सयमा झरेपछि १५ जनाको शुल्क सय जनालाई भाग लगाइएको हो,’ कोजूले भने । भर्ना मेरिटअनुसार मात्र लिइने उनले बताए ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया