Edukhabar
मंगलबार, १० भदौ २०८२
अन्तैवाट

सय बालबालिकालाई शैक्षिक सामग्री

विहीबार, ०५ असोज २०७४

काठमाडौं ५ असोज / बाढीपिडितका लागि राहत संकलन र वितरण गर्न बर्दियाका युवाहरू एकजुट भएर लागेका छन् ।

‘विकासप्रेमी युवा समूह’मा आबद्ध युवाहरूले बुधबार बाढीपीडित सय बालबालिकालाई १ लाख ३० हजार रुपैयाँको शैक्षिक सामग्री वितरण गरेका छन् ।

युवाहरूले गुलरिया नगरपालिका–२ संगमबस्तीका सय जना बाढीपिडित बालबालिकालाई प्रतिव्यक्ति एक थान झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, डटपेन, कटरलगायतको शैक्षिक सामग्री वितरण गरेकोसमूहका संयोजक गोपाल निरौलाले जानकारी दिए । संगमबस्तीका बालबालिका बाढीबाट सबै भन्दा बढी पीडित थिए ।

गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिप्रसाद यादव र नगर उपप्रमुख शुशिला गिरीको उपस्थितिमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । यसैगरी, सो समूहले यसअघि बाराबर्दिया नगरपालिका–४ गुरुवागाउँका ६५ र ठाकुरबाबा नगरपालिका– २ कर्मलाका ४२ बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको थियो । गत साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले जिल्लामा ठूलो जनधनको क्षति भएको थियो ।

राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया