काठमाडौं ६ असोज / दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सुरु गरिएको प्राविधिकतर्फको माध्यमिक तह(कक्षा ११ र १२) को नतिजा अति कमजोर देखिएको छ ।
गत वर्ष कक्षा ११ मा करिब २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यस वर्ष कक्षा १२ मा १७ .८१ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् ।
कक्षा १२ मा एकहजार ९३१ परीक्षार्थी सम्मिलित भएकोमा ३४४ जनाले उत्तीर्णको प्रमाणपत्र हात पारेका छन् ।
एसईईमा न्यून अंक ल्याउने विद्यार्थीलाई प्राविधिक विषयमा प्रवेश खुला गरिनु तथा कक्षा ११ र १२ को प्राविधिक विषयमा विज्ञानको पाठ्यभार बोकाइँदा नतिजा खस्किन पुगेको विश्लेषण गरिएको छ ।
गोरखापत्रमा प्रकृति अधिकारीले लेखेको खबर ।
प्रतिक्रिया