Edukhabar
मंगलबार, १० भदौ २०८२
अन्तैवाट

फुटपाथ व्यापारीको अखडा बन्दै स्कुल

आइतबार, ०८ असोज २०७४

काठमाडौं ८ असोज / दुई वर्षअघि भूकम्पबाट लथालिंग बनेको रानीपोखरीस्थित दरबार स्कुल अहिले फुटपाथ व्यापारीको अखडा बनेको छ ।

स्कुलमा अध्यापन बन्द भएसँगै व्यापारीले विद्यालय कब्जा गरी सामान बेचिरहेका छन् । रत्नपार्क, भोटाहिटी वरपरका व्यापारीले पनि आफ्ना पसलमा सामान किन्न आउने ग्राहकलाई पार्किङ गर्न दरबार स्कुलको परिसरमा पठाउने गरेका छन् ।

उनीहरुले पार्किङका लागि आफ्नो स्वामित्वकोजस्तै गरी दरबार स्कुलमा सवारी साधन लैजान आफ्ना पसल अगाडि बोर्ड नै राखेका छन् । दशैं सुरु भएसँगै बजारमा ग्राहकको भीड बढ्न थालेपछि फुटपाथ व्यापारीले सामान बेच्ने थलोको रुपमा विद्यालयलाई प्रयोग गरेका हुन् ।

अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले लेखेको खबर ।

प्रतिक्रिया