Edukhabar
मंगलबार, १० भदौ २०८२
अन्तैवाट

पाठ्यक्रम माैलिकतामा आधारित गर्न सुझाव

सोमबार, ०९ असोज २०७४

काठमाडौं ९ असोज / प्रारम्भिक वालविकास सम्बन्धी पाठ्यक्रम नेपालको मौलिकतामा आधारित बनाउन शिक्षाका विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले वालवालिकाको समग्र विकास हुने गरी पाठ्यक्रम ल्याउन सुझाए । कार्यक्रममा शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले प्रारम्भिक वालविकासलाई स्थानीय सन्दर्भमा जोडेर लैजानुपर्ने बताए ।

विदेशमा अभिभावक सचेत रहेको तर नेपालमा अभिभावकको अवस्था फरक भएकाले देशको वातावरण अनुसार प्रारम्भिक वालविकासको पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

पाठ्यक्रम विकास केन्द्रको आयोजना र सेतो गुराँस राष्ट्रिय वालविकास सेवा, सेभ द चिल्ड्रेनको सहयोगमा आइतवार आयोजना गरेको प्रारम्भिक वालविकास सम्बन्धी कार्यक्रममा शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेलले सबैभन्दा बलियो र प्रभावकारी इसिडिका सहजकर्तालाई बनाउनुपर्ने बताए ।

अब प्रारम्भिक वालविकासलाई स्थानियकरण, पाइलटिङ र मेटरियलाइज गर्नुपर्ने बताए । उनले प्रारम्भिक वालविकासको पाठ्यक्रम एकेडेमिक र नन–एकेडेमिकको सन्तुलन बनाउनुपर्ने बताए ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले ०६२ सालको प्रारम्भिक वालविकास दिग्दर्शनको आधार मानेर विज्ञका सुझावका आधारमा पाठ्यक्रम तयार पार्ने बताए । पाठ्यक्रम तयार पारेर सामाग्रीहरु तयार पार्ने उनले बताए । शिक्षाविद् डा. बाबुराम अधिकारीले प्रारम्भिक वालविकासको पाठ्यक्रम निर्माण गर्दा नेपालको सन्दर्भमा केन्द्रित हुनुपर्ने बताए ।

उनले यस्तो पाठ्यक्रम तयार गर्दा शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र, संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयलगायत सम्बन्धित निकायहरु मिलेर तयार गर्दा राम्रो हुने सुझाव दिए । स्थानिय विकास मन्त्रालयले समेत यस्तो मस्यौदा तयार पारेको छ । इसिडि बिज्ञ डा. किशोर श्रेष्ठ र मधु राजभण्डारीले प्रारम्भिक वालविकासको पाठ्यक्रमको मस्यौदा तयार गरिरकेका छन् ।

नयाँ पत्रिकामा प्रकाशित खबर

प्रतिक्रिया