Edukhabar
बुधबार, ११ भदौ २०८२
अन्तैवाट

मौका परीक्षा नहुँदा विद्यार्थी शोधपत्र लेख्न बञ्चित

विहीबार, ०९ कार्तिक २०७४

काठमाडौं ९ कार्तिक / त्रिभुवन विश्वविद्यालयले समयमै मौका परीक्षा सञ्चालन नगर्दा भौतिक शास्त्र स्नातकोत्तर तहका ६० विद्यार्थी शोधपत्र लेख्न बञ्चित भएका छन् ।

यसले विद्यार्थीको स्वदेश तथा विदेशमा गएर अगाडिको उच्च शिक्षा हासिल गर्न बाटो छेकेको छ ।

सेन्ट जेभियर्स कलेज माइतीघरका स्नातकोत्तर तह तेस्रो सेमेस्टरका विद्यार्थी आशीष पौडेलले दुई वर्षअघि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको यो कलेजमा भौतिक शास्त्रमा भर्ना भएका थिए ।

निजी कलेज र स्तरीय पठनपाठन भए पनि त्रिभुवन विश्वविद्यालयले समयमै मौका परीक्षा सञ्चालन नगर्दा उनको एक वर्ष खेर जान लागेको हो । मौका उनी मात्र होइन, विश्वविद्यालयको लापरबाहीका कारण भौतिक शास्त्र स्नातकोत्तर तहमा शोधपत्र लेख्न चाहने ६० विद्यार्थीको भविष्य अन्योल बनेको छ ।

रुबी रौनियारले नागरिकमा लेखेको खबर ।

प्रतिक्रिया