Edukhabar
बुधबार, ११ भदौ २०८२
अन्तैवाट

प्राविधिक तथा व्यावसायिक शिक्षा सुधारका लागि नयाँ परियोजना

विहीबार, ०९ कार्तिक २०७४

काठमाडौं ९ कार्तिक / ब्रिटिश काउन्सिल नेपालले प्राविधिक तथा व्यावसायिक शिक्षामा सुधारका लागि ‘दक्षता टिइभिटी प्राक्टिकल पार्टनरसिप’ परियोजना शुरु गरेको छ ।

युरोपेली सङ्घको सहयोगमा शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्को समन्वयमा सञ्चालित सो चारवर्षीय परियोजनाले कृषि, निर्माण र पर्यटनका क्षेत्रमा कार्यरत संस्था तथा प्राविधिक जनशक्तिलाई शिक्षा र तालीम दिनेछ । परियोजनाले स्वदेशमै रोजगारीको राम्रो अवसर सिर्जना गराउने परियोजनाका टोली प्रमुख सिएन कर्लीले यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनुभयो । उहाँले नेपालको समावेशी र दिगो आर्थिक विकासका लागि मानवीय पूँजीमा लगानी बढाउनुपर्ने सुझाव पनि दिनुभयो ।

परियोजनाले हालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षमता वृद्धि, सुशासन र सरकारी र निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकता दिनेछ । गत डिसेम्बरमा त्रिपक्षीय समझदारी भएको सो परियोजनाको कूल बजेट २०.६१ मिलियन युरो छ ।

आर्थिक अभियानमा प्रकाशित खबर ।

प्रतिक्रिया