काठमाडौं १३ कार्तिक / पहिलोपटक स्थानीय तहबाट तलब पाएका शिक्षकलाई रकम नपुगेपछि शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयसँग शिक्षकको श्रेणीअनुसारको विवरण माग गरेको छ ।
चालू शैक्षिक सत्रको पहिलो चौमासिकमा शिक्षकहरुले कम तलब पाएको गुनासो आएपछि विभागले सबै शिक्षकको विवरण माग गरेको हो ।
स्थानीय तहले दशैंअघि पहिलो चौमासिकको तलब वितरण गरेका थिए ।
काठमाडौं, ललितपुर महानगर लगायत स्थानीय तहमा ६० देखि ७० प्रतिशत मात्र तलब भत्ता पाएको गुनासो शिक्षकहरुको छ ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया