काठमाडौं २१ कार्तिक/ नक्कली सरकारी कागपत्र तथा शैक्षिक प्रमाण बनाउने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नीलकण्ठ–९, धादिङका शालिकराम अधिकारी र माडी–१, संखुवासभाका यज्ञराज कार्की रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
प्रहरीले उनीहरूका साथबाट यातायात व्यवस्था कार्यालय, बाग्मतीको अंग्रेजी लिपिको स्टाम्प, नेपाल सरकार र नेपाल आर्मीका होलोग्राम, विभिन्न व्यक्तिको नामको सवारी चालक अनुमति पत्र, उच्च शिक्षा र एसएलसीको लब्धांकपत्र बरामद गरेको छ ।
राजधानीमा प्रकाशित खबर ।
प्रतिक्रिया