काठमाडौं २२ कार्तिक / काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश रद्द गर्न शिक्षा मन्त्रालयले माग गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालका अनुसार सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश रद्द गराउन मन्त्रालयको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयमार्फत अदालतमा निवेदन दर्ता गरिएको छ ।
मेडिकल कलेजको सम्बन्धन खारेज गर्न त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न ८ कात्तिकमा सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सम्बन्धन खारेज गर्ने निर्णय कानुनसम्मत नभएको ठहर गरेको थियो । विश्वविद्यालयले सम्बन्धन खारेज गरेसँगै मेडिकल कलेजका अध्यक्ष जैनुद्दिन अन्सारीले ३१ असोजमा रिट दर्ता गरेका थिए । रिटमा सुनुवाइ गर्दै सर्वोच्चले ८ कात्तिकमा त्रिविको निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया