Edukhabar
विहीबार, १२ भदौ २०८२
अन्तैवाट

जापानी नागरिकको सहयोगमा पुस्तकालय स्थापना

विहीबार, २३ कार्तिक २०७४

काठमाडौं २३ कार्तिक/ जापानी नागरिकको आर्थिक सहयोगमा रामपुरको विजय प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।

नेपालका लागि कर्मथलो बनाउनुभएका जापानी समाजसेवी काजुमासा ककिमी (ओकेबाजे)को आर्थिक सहयोगमा भएको पुस्तकालय स्थापना भएको हो । पुस्तकालयको उद्घाटन गर्दै समाजसेवी काकिमीले पुस्तकालयबाट  विद्यार्थीले थप बाह्य ज्ञान हासिल गर्ने बताउँदै पुस्तकालयलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नवनिर्मित पुस्तकालयमा हाल विद्यार्थीलाई पठनपाठनमा सहयोग पुग्ने खालका तीन सय पुस्तक रहेका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोरथ भट्टराईले ओकेबाजेको सहयोगमा रु दुई लाख ३६ हजार ९१० को लागतमा पुस्तकालय स्थापना तथा कक्षा नर्सरी र एलकेजीका विद्यार्थीको लागि पनि बस्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । पुस्तकालय स्थापना तथा विद्यालयको विविध क्षेत्रमा ओकेबाजेले प्रदान गर्नुभएको सहयोगप्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोवराज तिवारीले आभार प्रकट गर्नुभयो ।

अभियान दैनिकमा प्रकाशित खबर ।

प्रतिक्रिया