Edukhabar
बुधबार, ११ भदौ २०८२
अन्तैवाट

कक्षाकोठा बाहिर पठनपाठन

शुक्रबार, २४ कार्तिक २०७४

काठमाडौं २४ कार्तिक / उच्च हिमाली क्षेत्रमा चिसो बढ्न थालेपछि मनाङका अधिकांश विद्यालयले कक्षाकोठा बाहिर पठनपाठन गराउँदै आएका छन् ।

हिमालसँग रहेका विद्यालय र शून्य डिग्री तापक्रम वरिपरि हिमपातका कारण कक्षाकोठामा बढी चिसो हुने भएकाले कक्षाकोठामा पठनपाठन गर्न कठिन भएको र चिसो बढेपछि सधैं बाहिर पठनपाठन गर्दै आएको जानकारी अन्नपूर्ण मावि मनाङका शिक्षक चित्रकला पराजुलीले गराए ।

'बिहान १० देखि ३ बजेसम्म घाम लाग्ने र घामको ताप रहुन्जेल सहज हुने भएकाले बालबालिकालाई घाममा राखेर पढाउँदै आएका छाैं । समयमा पठनपाठन सिध्याउनु पर्ने हुँदा सार्वजनिक बिदामा पनि विद्यालयमा पठनपाठन भइरहेकाे छ,'उनले भने । नेपालका अधिकांश सरकारी विद्यालय सार्वजनिक बिदाका दिनमा बन्द भए पनि मनाङको माथिल्लो भेगमा रहेका विद्यालयमा पढाइ हुने गरेको पाइन्छ ।

आजका विभिन्न पत्रपत्रिकामा खबर प्रकाशित छ ।

प्रतिक्रिया