Edukhabar
विहीबार, १२ भदौ २०८२
अन्तैवाट

तलब माग्दै शिक्षकहरुले दिए गाउँपालिकामा धर्ना

विहीबार, ३० कार्तिक २०७४

काठमाडौं ३० कार्तिक/तलब माग्दै आन्दोलनमा उत्रिएका सर्लाहीका शिक्षकहरुले वुधवार आ–आफ्नो क्षेत्रका गाउँपालिका कार्यालयमा धर्ना दिएका छन् । गत साउन महिना देखिको तलब र चाडपर्व खर्च नपाएको भन्दै जिल्लाको कौडेना, पर्सा र बसबरिया गाउँपालिका अन्तर्गतका शिक्षकहरु हिजोदेखि आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनको कार्यक्रम अनुसार वुधवार दोस्रो दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म गाउँपालिका कार्यालयमा धर्ना दिइएको आन्दोलित शिक्षकहरुको संघर्ष समितिले जनाएको छ । तलब उपलब्ध गराउने वातावरण नभएसम्म आन्दोलन जारीनै रहने देबधारी माध्यमिक विद्यालय कौडेना–१ लक्ष्मीपुरका शिक्षक सतिस चन्द्र झाले जानकारी दिए ।

शिक्षकहरुले तलब निकासाको माग गर्दै मंगलवार दिनभर कोष तथा लेखा नियन्त्रण कार्यालय मलंगवामा धर्ना दिएका थिए । तलब माग्दै पठनपाठन नै बन्द गरि शिक्षकहरु आन्दोलनमा होमिएपछि कौडेना, पर्सा र बसबरिया गाउँपालिका अन्तर्गतका विद्यालयमा पढाई नै ठप्प भएको छ ।

शिक्षकहरुको धर्नाका कारण वुधवार यी तीनै गाउँपालिका कार्यालयको सेवा समेत वुधवार दिनभए प्रभावित भएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आन्दोलित शिक्षक र तलब निकासा गर्ने सरोकारवाला कार्यालयका प्रमुखसँग आफूले भोली बिहान छलफल गर्न लागेको बताए ।

नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया