काठमाडौं ३ मंसिर / त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले एमबीबीएसको प्रवेश परीक्षा पुन: हुने वा नहुनेबारे एक/दुई दिनमै निर्णय लिइने जनाएको छ ।
संस्थानले लिएको प्रवेश परीक्षामा चोरी भएको प्रमाणित भएपछि पुन: लिने वा नलिनेबारे अन्योल बढेको हो । स्रोतका अनुसार त्रिवि कार्यकारी परिषद्ले एमबीबीएस प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएको ठहर गर्दै परीक्षाका विषयमा निर्णय गर्न संस्थानलाई पत्र पठाएको छ । उक्त पत्रमा पुन: प्रवेश परीक्षा लिन संकेत गरिएको स्रोतको भनाइ छ । संस्थानका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले त्रिवि कार्यकारी परिषद्ले यसबारे निर्णयका लागि पत्र पठाइसकेको उल्लेख गर्दै भने, ‘हामीकहाँ यसबारे विभिन्न प्रक्रिया भइरहेको छ, एक/दुई दिनमै परीक्षा लिने वा नलिनेबारे निर्णय हुनेछ ।’ एमबीबीएस प्रवेश परीक्षामा करिब आठ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए ।
कान्तिपुरमा प्रकाशित खबर
प्रतिक्रिया