Edukhabar
विहीबार, १२ भदौ २०८२
अन्तैवाट

१ हजार दीक्षित

बुधबार, ०६ मंसिर २०७४

काठमाडौं ६ मंसिर / काठमाडौं विश्व विद्यालयको २३औं दिक्षान्त समारोहमा १ हजार १ सय ९१ जना दीक्षित भएका छन् । चिकित्सा विज्ञान संकायअन्तर्गतका विविध विषयमा स्नातकोत्तर तथा स्नातक गरेका विद्यार्थी दीक्षित भएका थिए ।

दीक्षान्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. मोहनमा सैंजुले निजी क्षेत्रको पहलमा छुट्टै ऐनद्वारा स्थापना भएको काठमाडौं विश्वविद्यालय नेपालको उदाहरणीय विश्वविद्यालयका रूपमा सुपरिचित  भएको बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री एवं काठमाडौं विश्व विद्यालयका सहकुलपति गोपालमान श्रेष्ठले दीक्षित विद्यार्थीहरूलाई अविचलित भई सेवामा लाग्न आग्रह गरे । दीक्षित हुनेहरूमा ७ सय ३३ महिला र ४ सय ५८ जना पुरुष रहेका छन् भने १ सय ३५ विदेशी विद्यार्थी रहेको काठमाडौं विश्वविद्यालयले जनाएको छ ।

राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया