Edukhabar
विहीबार, १२ भदौ २०८२
अन्तैवाट

कलेज फुटसल सुरु

विहीबार, ०७ मंसिर २०७४

काठमाडौं ७ मंसिर / साइपाल एकेडेमीले प्रथम अल्फा बिटा अन्तरकलेज फुटसलमा बुधबार दोहोरो जित पाएको छ ।

साइपालले लिभरपुललाई ४–२ र कान्जिरोवालाई ४–० ले पराजित गरे । शंखमूल फुटसलमा बुधबारै ओलम्पियाले लिटिल एन्जल्सलाई ३–१ र नामीलाई ४–० गोलले हरायो । आइडियलले नामीलाई ४–० र एलएलाई ५–० तथा ह्वाइटहाउसले ह्वाइटफिल्डलाई ४–१ र इन्साइड भिजनलाई ४–१ ले हराए । कान्जिरोवाले युनिग्लोबलाई ५–२, इन्साइडले ब्रिटिसलाई ३–०, गोल्डेनगेटले युलेन्सलाई ३–१ ले हराए ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया