Edukhabar
शनिबार, ०२ जेठ २०८३
अन्तैवाट

पढाइसँगै आम्दानी

सोमबार, ०३ पुस २०७४

काठमाडौं ३ पुस / कैलालीका स्थानीय टेक्निकल इन्स्टिच्युटमा कृषि प्राविधिक अध्यनरत विद्यार्थीले खेतीपातीको अभ्याससँगै आम्दानी पनि गर्न थालेका छन् । इन्स्टिच्युटको जग्गामा कृषि पढिरहेका विद्यार्थीले तरकारी खेती गरेर आम्दानी गरेका हुन् । कृषि प्राविधिकको ३ वर्षे कार्यक्रमअन्तर्गत अध्यनरतत विद्यार्थीले बेग्लाबेग्लै समूह बनाएर तरकारी खेती गरेको टीकापुर टेक्निकल इन्स्टिच्युटका प्रमुख रामबाबुप्रसाद यादवले बताए । ‘विद्यार्थीका लागि सैद्धान्तिकका साथसाथै प्रयोगात्मक पढाइ पनि आवश्यक छ,’ उनले भने, ‘उनीहरूले उत्पादनसँगै आम्दानी पनि गरुन् भनेर तरकारी खेतीमा उत्प्रेरित गराएका छौं ।’

यादवका अनुसार विद्यार्थीले बारीदेखि बजारसम्मको समस्या भोगेर राम्रो सिकाइ हुन्छ । ‘विद्यार्थीले गरेको यो तरकारी खेती फर्म नमुना बनोस् र वरिपरिका किसानले यसबाट केही सिकुन् भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘तरकारी खेतीका लागि विद्यार्थीले आपसमा रकम संकलन गरेर लगानी गरेका छन् ।’ विद्यार्थी अमिसा कार्कीका अनुसार प्रतिविद्यार्थी अढाइ सय उठाएर तरकारी उत्पादन गरिएको छ । उत्पादित तरकारी इन्स्टिच्युटकै कर्मचारीले पनि लग्छन् । बजारमा पनि थोकमा दिइन्छ ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया