Edukhabar
विहीबार, १२ भदौ २०८२
अन्तैवाट

स्नातकमा उद्यम विकास कोर्स

बुधबार, ०५ पुस २०७४

काठमाडौं ५ पुस / पोखरा विश्वविद्यालयअन्तर्गत स्नातक तहमा उद्यम विकास विषय पठनपाठन हुने भएको छ । त्यस निम्ति उद्योग मन्त्रालय र पोखरा विश्वविद्यालयबीच सम्झौता भएको छ । मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला र विश्वविद्यालयका डिन प्राध्यापक इन्द्रप्रसाद तिवारीले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै विश्वविद्यालयले प्राविधिक समिति गठन गरी ‘उद्यमशीलता विकास तथा गरिबी निवारण’ विषयको पाठ्यक्रम निर्माण गर्ने र सम्बन्धनप्राप्त क्याम्पसलाई अध्यापन अनुमति प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ । उक्त पाठ्यक्रम निर्माणका निम्ति मन्त्रालयको लघु उद्यम विकास कार्यक्रम र विश्वविद्यालयले संयुक्त रूपमा बेहोर्नेछन् ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया