Edukhabar
विहीबार, १२ भदौ २०८२
अन्तैवाट

एमबीबीएसमा मुस्लिम आरक्षण हटाएकामा विरोध

बुधबार, १२ पुस २०७४

काठमाडौं १२ पुस / राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एमबीबीएस छात्रवृत्ति आरक्षणमा मुस्लिम समुदायलाई छुटाएकामा आपत्ति जनाउँदै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । गठबन्धनका संयोजक समिम अन्सारी नेतृत्वको टोलीले मंगलबार उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

गठबन्धनले निर्णय सच्याई छात्रवृत्ति आरक्षण प्रदान गर्न माग राखेको छ । मन्त्री श्रेष्ठले मुस्लिम समुदायलाई एमबीबीएसमा आरक्षण दिनेबारे तुरुन्तै निर्णय लिने आश्वासन दिए ।

कान्तिपुरबाट

प्रतिक्रिया