Edukhabar
आइतबार, ०८ असार २०८२
गतिविधि

एमविएको नयाँ कोर्ष, चाईनिज भाषा पनि सिक्नु पर्ने

शुक्रबार, २८ पुस २०७४

काठमाडौं - चाईनिज भाषा समेत सिक्नु पर्ने गरी एमविएको नयाँ कोर्ष शुरु हुने भएको छ । बेलायतको लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा इस्लिङटन कलेजले उक्त कोर्ष शुरु गर्न लागेको हो । यो विषय चीनको अलिवावा डट कम र युनिभर्सिटी अफ द थाइल्याण्ड चेम्बर अफ कमर्शसंग सहकार्यमा शुरु गर्न लागिएकोले पहिलो वर्ष कोर्षसंगै चिनिया भाषा समेत सिक्नु पर्ने कलेजका प्रमुख कार्यकारी निर्देशक शुलभ बुढाथोकीले बताए । भाषासंगै अलिवावा डट कमका विज्ञ र त्यससंग सम्बन्धीत विज्ञसंग  तालिमको व्यवस्था गरिएको उनले बताए ।

नेपालबाट विदेश निर्यात हुने र विदेशबाट नेपाल आयात हुने सामाग्रीको विषयमा सुक्ष्म अध्ययन गर्ने तथा स्वरोजगारी सृजना गर्ने उद्धेश्यले शुरु गर्न लागिएको उक्त कोर्ष अनुसन्धानमा आधारित रोजगार सहितको हुने कलेजको दावी छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बुढाथोकीले उक्त कोर्ष अन्र्तगत कलेजले चीन र थाइल्याण्डमा समेत अतिरिक्त समय  अध्ययनको व्यवस्था मिलाउने बताए । दुई वर्षे उक्त कोर्षका लागि ८ लाख ५० हजार रुपैंया शुल्क लाग्ने उनले जानाकरी दिए । यदी विद्यार्थीले विदेश गएर अतिरिक्त अध्ययन गर्न चाहेनन् भने प्रति विद्यार्थी ५ लाख ५० हजार शुल्क लाग्ने उनले बताए ।

चालु शैक्षिक सत्र देखि नै शुरु हुने उक्त कोर्ष पठनपाठन गराउने जनशक्तिलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सहकार्यमा थप दक्ष बनाउने उनको भनाई छ ।

यो कोर्ष अध्ययन पछि नेपाल लगायत विश्वका कुनै पनि मुलुकमा व्यवसाय अध्ययन र अनुसन्धान गर्न सहयोग हुने कलेजले दावी गरेको छ । ब्यापारसंग सुक्ष्म अध्ययन गर्ने  उद्धेश्य  सहित नयाँ विषयको शुरुवात गरिएको बुढाथोकीले बताए ।

'हामीले नेपालको बैकिङ, अर्थ र व्यापारिक क्षेत्रको विषयमा अध्ययन गरी नेपालको व्यावसाय संचालन गर्न सहजताको लागि नयाँ कोर्षको शुरुवात गरेका हौ' उनले भने ।

उक्त कोर्ष पढेपछि विद्यार्थीले नेपालमा उत्पादन हुने बस्तुको बजार विस्तार गरी आयआर्जन गर्न सक्ने कलेजको दावी छ ।

नेपाल र विश्वको आयात र निर्यातको अवस्थाकस्तो छ ,नेपालको बजार बिस्तारका लागि अन्य मुलुकसंग कसरी सम्भव छ लगायतका अनुशन्धानात्मक विषय सिक्ने चाहना यो कोर्षले पुरा गर्छ । बुढाथोकीले भने, चाइनामा अध्ययन सम्पन्न गरे पछि दुई साता थाइल्याण्डमा अध्ययन गर्नु पर्ने अतिरिक्त व्यवस्था यो कोर्षमा छ ।  

ब्यापारमा फड्को मारिसकेको थाइल्याण्डको चेम्बरसंग विश्वकै ब्यापारको विषयमा अध्ययन गर्ने अवसर मिल्ने कलेजले दावी गरेको छ । एकेडेमिक पेपर, विजनेस प्रपोजल, थेसिस बुझाउनुपर्दा अनुशन्धनात्मक विषयलाई केन्द्रीत गरिएको हुन्छ ।

‘दुई वर्ष लामो म्यानेजेरियल लेभलको रोजगारी गरेकाविद्यार्थीलाई छनौट गरी अध्ययनगर्ने अवसर दिने भएकोले यो विषयको स्कोप विश्वमा नै बढेर जाने अपेक्षा हामीले गरेका छौ' बुढाथोकीले भने  'वास्तवमा जहाँ सुकै ब्यापार व्यवसाय संचालन गर्न यो कोर्षले महत्वपुर्ण भुमिका खेल्नेछ भने ब्यापारी र उपभोक्ताको सम्बन्धको लागि यो कोर्ष पुलको रुपमा लिन सकिन्छ ।'

करिब एक वर्षको लामो अध्ययन पछि बेलायतले यो कोर्ष संचालन  गर्ने अनुमति दिएको कलेजले जनाएको छ । पहिलो वर्ष २० जना विद्यार्थीले मात्र यो कोर्षको अध्ययन गर्ने अवसर पाउने जनाईएको छ ।

प्रतिक्रिया